नियम ७८
कार्य सम्पादनको मूल्याङ्कन
(१) राजपत्र अनङ्कित निजामती कर्मचारीको वार्षिक कार्य सम्पादनको मूल्याङ्कनको लागि प्रयोग गरिने कार्य सम्पादनको मूल्याङ्कन फाराम अनुसूची–१५ बमोजिम र राजपत्राङ्कित निजामती कर्मचारीको अर्ध वार्षिक र वार्षिक कार्य
सम्पादनको मूल्याङ्कनको लागि प्रयोग गरिने कार्य सम्पादन मूल्याङ्कनको फाराम अनुसूची–१५क. बमोजिम हुनेछ ।
(२) निजामती कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कनको लागि मूल्याङ्कन गरिने कर्मचारीभन्दा कम्तीमा एक श्रेणी माथिको
सम्बन्धित कर्मचारी सुपरिवेक्षक हुनेछ र सुपरिवेक्षकभन्दा एक श्रेणी माथिको सम्बन्धित कर्मचारी पुनरावलोकनकर्ता हुनेछ ।
तर–
(क) राजपत्र अनङ्कित कर्मचारी कार्यालय प्रमुख हुने बाहेक राजपत्र अनङ्कित कर्मचारीहरुको सुपरिवेक्षक राजपत्र अनङ्कित कर्मचारी हुने छैन ।
(ख) जिल्लास्थित कार्यालयहरुमा राजपत्र अनङ्कित कर्मचारीको पुनरावलोकनकर्ता हुने राजपत्राङ्कित कर्मचारी नभएमा
पुनरावलोकन समितिको अध्यक्षले तोकेको अधिकृत पुनरावलोकनकर्ता हुनेछ ।
(ग) कुनै राजपत्राङ्कित कर्मचारीको सुपरिवेक्षक राजपत्राङ्कित विशिष्ट श्रेणीको कर्मचारी भएमा निजले नै पुनरावलोकनकर्ता समेत भई काम गर्नेछ ।
(घ) कार्यालय प्रमुख वा विभागीय प्रमुख भै काम गर्ने कर्मचारीले आफू मातहत काम गर्ने समान श्रेणीका कर्मचारीको समेत कार्य सम्पादन मूल्याङ्कनको निमित्त सुपरिवेक्षक भै काम गर्न सक्नेछ ।
स्पष्टीकरण :-
मूल्याङ्कन गरिने कर्मचारी र निजको सुपरिवेक्षक हुने कर्मचारी समान श्रेणीको भई एउटै सेवा, समूह वा उपसमूहमा बढुवाको लागि दुवै सम्भाव्य उम्मेदवार हुने भएमा त्यस्तो कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनको लागि उक्त सुपरिवेक्षक हुने कर्मचारीले कार्य सम्पादन मूल्याङ्कन फाराममा उल्लिखित आधारलाई दृष्टिगत गरी आफ्नो लिखित मन्तव्य सहित सो फाराम पुनरावलोकनकर्ता वा आफूभन्दा माथिल्लो श्रेणीको कर्मचारी समक्ष सुपरिवेक्षणको निमित्त पेश गर्नु पर्नेछ ।
(ङ) राजपत्राङ्कित विशिष्ट श्रेणीमा कार्यरत निजामती कर्मचारीको र विशिष्ट श्रेणीको पदमा कायम मुकायम भई
कार्यरत निजामती कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनको लागि मुख्य सचिवले नै सुपरिवेक्षक,
पुनरावलोकनकर्ता र पुनरावलोकन समितिको समेत काम गर्नेछ ।
(३) राजपत्र अनङ्कित कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कनको लागि देहायको पुनरावलोकन समिति रहनेछ ः-
(क) सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगको सचिव वा सम्बन्धित विभागीय
प्रमुखले तोकेको अधिकृत – अध्यक्ष
(ख) सम्बन्धित पुनरावलोकनकर्ता – सदस्य
(ग) सम्बन्धित सुपरिवेक्षक – सदस्य
(४) राजपत्राङ्कित प्रथम श्रेणीको निजामती कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनको लागि देहायको पुनरावलोकन समिति रहनेछ
र देहायको खण्ड (ख) र (ग) मा उल्लिखित पदाधिकारी एकैजना भएमा उक्त समितिको सदस्यमा मन्त्रिपरिषद् सचिवालयका सचिव
पनि रहनेछन् ः-
(क) मुख्य सचिव – अध्यक्ष
(ख) सम्बन्धित मन्त्रालय, सचिवालय, आयोग, विभाग वा कार्यालयको
सचिव वा विशिष्ट श्रेणीको अधिकृत – सदस्य
(ग) सेवा समूह सम्बन्धी मन्त्रालयको सचिव – सदस्य
(४क) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विशिष्ट श्रेणीको पदको पदाधिकारी प्रमुख हुने निकायमा
त्यस्तो पद रिक्त रहेको वा त्यस्तो पदमा कायम मुकायम मुकरर भएको अवस्थामा त्यस्ता निकायका राजपत्राङ्कित प्रथम श्रेणीका
निजामती कर्मचारीहरु तथा सो निकाय अन्तर्गतका विभागीय प्रमुखको कार्य सम्पादन मूल्याङ्कन देहायका अधिकारीबाट हुनेछ ः-
(क) सुपरिवेक्षक र पुनरावलोकनकर्ता –प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव
(ख) पुनरावलोकन समितिः
(अ) मुख्य सचिव – अध्यक्ष
(आ) सामान्य प्रशासन मन्त्रालयको सचिव – सदस्य
(इ) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव – सदस्य
तर सामान्य प्रशासन मन्त्रालयका सचिव कायम मुकायम भएको अवस्था रहेमा पुनरावलोकन समितिमा सामान्य प्रशासन
मन्त्रालयको सचिवको स्थानमा सबै भन्दा वरिष्ठ सचिवले सदस्यको रुपमा प्रतिनिधित्व गर्नेछन् ।
(५) राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीको निजामती कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनको लागि देहायको पुनरावलोकन
समिति रहनेछ ः-
(क) सम्बन्धित मन्त्रालय, सचिवालय, आयोग वा कार्यालयको सचिव वा विशिष्ट श्रेणीको अधिकृत – अध्यक्ष
(ख) सेवा, समूह सम्बन्धी मन्त्रालयको सचिव वा निजले तोकेको सम्बन्धित मन्त्रालय,
सचिवालय, आयोग वा कार्यालयको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत – सदस्य
(ग) सामान्य प्रशासन मन्त्रालयको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत – सदस्य
तर पुनरावलोकन समितिमा तीनैजना पदाधिकारी एउटै मन्त्रालयको हुने भएमा खण्ड (ख) बमोजिम
तोकिने अधिकृत अन्य मन्त्रालयको तोक्नु पर्नेछ ।
(६)  ……….
(७) सुपरिवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिले कर्मचारीहरुको कार्य सम्पादन बापत अङ्क दिंदा कार्य सम्पादनको
मूल्याङ्कन फाराममा उल्लिखित आधार अनुरुप दिनु पर्नेछ ।
(७क) अवकाश प्राप्त गरेका निजामती कर्मचारीले अदालतको निर्णय अनुसार पुनर्वहाली भएमा अवकाश प्राप्त गर्नु भन्दा
तत्काल अघिल्लो वर्षको कार्य सम्पादन मूल्याङ्कनमा निजले जति अङ्क पाएको हो निजलाई सोही अनुपातमा अङ्क दिइनेछ ।
तर आषाढ मसान्त अगाडि नै पुनर्वहाली भएको निजामती कर्मचारीको हकमा निजको कार्य सम्पादन गर्दा सो वर्षको पूरै अवधि
मानी मूल्याङ्कन गरिनेछ ।
(८) पुनरावलोकन समितिले राजपत्राङ्कित कर्मचारीहरुको कार्य सम्पादनको मूल्याङ्कन फारामको सम्बन्धमा देहाय बमोजिमको
प्रक्रिया अपनाउन सक्नेछ ः-
(क) पेश हुन आएका कार्य सम्पादनको मूल्याङ्कन फारामहरु छानबीन गरी सो फारामहरुमा कार्य सम्पादन र अङ्क वितरण
बीच सामञ्जस्य कायम गर्ने,
(ख) कुनै निकायको समष्टिगत उपलब्धि र त्यसमा कार्यरत कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कन बीचको पारस्परिक
सम्बन्धमाथि विचार गर्ने,
(ग) पेश हुन आएका कार्य सम्पादन मूल्याङ्कन फारामहरुमा आवश्यक देखिएमा पुनरावलोकनकर्ता वा सुपरिवेक्षकसंग
पुष्ट्याइ“को माग गर्ने वा पुनर्विचारको लागि निजकहा“ पठाउने,
(घ) पुन पेश हुन आएको कार्य सम्पादन मूल्याङ्कन फाराममा पुष्ट्याइ“ औचित्यपूर्ण नभएको वा अङ्क संशोधन समेत नभई
आएमा पुनरावलोकन समितिले यस विषयमा टिप्पणी गरी त्यस्तो सुपरिवेक्षक वा पुनरावलोकनकर्ताको अभिलेख
राख्न सम्बन्धित निकायमा लेखी पठाउने ।
(८क) पुनरावलोकन समितिले कुनै निजामती कर्मचारीलाई कार्य सम्पादन मूल्याङ्कन वापत ९५ प्रतिशत भन्दा बढी र ७५
प्रतिशत भन्दा घटी अङ्क प्रदान गर्न परेमा सोको स्पष्ट कारण खुलाउनु पर्नेछ ।
(९) यो नियमावली प्रारम्भ भएपछि कार्य सम्पादन मूल्याङ्कनको अङ्क गणना गर्दा बढुवाको लागि अघिल्लो आर्थिक वर्षहरुको
कार्य सम्पादन मूल्याङ्कनलाई आधारमानी औसत अङ्क गणना गरिनेछ । …………….